धनकुटामा बालिका बलात्कृत

काठमाण्डु टुडे २०८१ माघ ४ गते १२:४९ मा प्रकाशित

धनकुटा, ४ माघ– धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेमा एक बालिका बलात्कृत भएकी छन् ।

१३ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा प्रहरीले स्थानीय २६ वर्षीय सुजन खतिवडालाई पक्राउ गरेको छ ।

पीडितको उजुरीपछि खतिवडालाई इलाका प्रहरी कार्यालय राजारानीको टोलीले बिहीबार पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us