ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ ४ गते ११:४५ मा प्रकाशित

जनकपुर, ४ माघ– जनकपुरधाम उपमहानगरपालिका–७ मा शुक्रबार बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदल यात्री महोत्तरीका ६० वर्षीय सत्यनारायण साह छन् । बालुवा लोड गरिएको ना६ख ४५३७ नम्बरको ट्रकले बाटो काट्ने क्रममा साहलाई ठक्क दिएको प्रहरीले जनाएको छ ।

यसैबीच ठक्कर दिने ट्रक र चालक धनुषाको मिथिला नगरपालिका–११ का ४१ वर्षीय शिवकुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us