अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २७ गते १४:१५ मा प्रकाशित

काठमाण्डू, २७ पुस– कैलालीको धनगढीमा अटो रिक्सामा चढेको बेला बेहोस भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्री रहेका छन ।

बिहीबार शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा सवार खत्री एक्कासी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन ।

अटो चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी–३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पनि उनले जानकारी दिए । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us