काठमाण्डु, २५ पुस– पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका
सञ्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशी छरौटीमा रिहा भएका छन् ।
कास्की जिल्ला अदालतलका न्यायाधीश नितिज राईको एकल इजलासले जोशीलाई ८८ लाख धरौटी रिहा गर्न आदेश दिएको हो । धरौटी बुझाएपछि मात्र उनी रिहा हुनेछन् ।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले जोशीमाथि छानबिन गर्न सिफारिस गरेको थियो । प्रहरीले जोशीलाई गत ६ असोजमा काठमाण्डुको शंखमुलस्थित निवासबाटै पक्राउ गरेर पोखरा लगेको थियो ।
उनीविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको थियो । जोशीसँग ५ करोड २६ लाख ६५ हजार रुपैयाँ बिगो माग गरिएको थियो ।
सरकारी वकिलले जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरणमा पनि सोही बराबर बिगो माग दाबी गरेका थिए ।