डोटीको जंगलमा वेवारिसे अवस्थामा भेटियो महिलाको शव

काठमाण्डु टुडे २०८१ पुष २४ गते १८:२३ मा प्रकाशित

काठमाण्डू, २४ पुस– डोटीमा एक जना महिलाको वेवारिसे शव जंगलमा भेटिएको छ । मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका९६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ ।

घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे अवस्थामा शव देखेपछि वडानम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद जैसीमार्फत प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)भीमलाल भट्टराई नेतृत्वको टोली घटनास्थल प्रस्थान भएको छ । शव भेटिएकोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us