सांसद अरुण चौधरीको मुद्दामा आज पनि सर्वोच्चले सुनाएन फैसला

काठमाण्डु टुडे २०८१ पुष २४ गते १७:३४ मा प्रकाशित

काठमाण्डू, २४ पुस– कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी विरुद्धको मुद्दा सर्वोच्चले दोस्रो पटक सुनवाइ गर्ने सकेको छैन । चौधरी सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्नेबारेमा बुधबार पनि सर्वोच्च अदालतले फैसला सुनाउन सकेन ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा.मनोजकुमार शर्माको इजलासले चौधरीविरुद्धको रिट निवेदनमा निर्णय सुनाउने मिति फेरि सारेको हो ।

प्रधानन्यायाधीश संलग्न पाँच न्यायाधीशको इजलासले फैसला तयार नभएको भन्दै निसु सारेको हो। सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्ने विवाद अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए ।

बुधवार सर्वोच्च अदालतले फैसला सुनाउन भनी पेसी तोकिएको थियो। संवैधानिक इजलासमा क्यासिनोका विवाद सम्बन्धी मुद्दामा बहस भएका कारण आज फैसला हुन नपाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us