सल्यानमा घरभित्रै मृत भेटिए दिदीबहिनी, घटना शंकास्पद

काठमाण्डु टुडे २०८१ पुष २४ गते १७:२१ मा प्रकाशित

काठमाण्डू, २४ पुस– सल्यानमा एक घरमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा फेला परेका छन । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ ।

बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतले जानकारी दिएका छन ।

उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिएका छन । घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए । उनले भने, ‘घटना शंकास्पद देखिन्छ । कहिँ न कसैले केही गरेको हुनपर्छ । कसरी घटना भयो भन्नेबारे हामी अनुसन्धानमै छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us