काठमाण्डू, २४ पुस– बाँकेमा मोटरसाइकल र ई–रिक्सा एकआपसमा ठोक्कीदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक जानकी गाउँपालिका–३ बढैया बस्ने ५० वर्षीय निजमुद्दिन खान रहेको जिल्ला प्रहरी कार्यलय बाँकेले जानकारी दिएको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका९१७ ढोडेगाउँस्थित सडकमा युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने.१ ह ३६८१ नम्बरको ई–रिक्सा एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक खानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।