काठमाण्डू, २४ पुस– रुपन्देहीको बुटवल उपमहानगरपालिका९११ मा नवजात शिशु फेला मृत अवस्थामा परेकी छन् । बुटवलको मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा मृत बच्चा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन ।
नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको जानकारी दिएका छन । फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले जानकारी दिएका छन ।