भूकम्पबाट क्षति भएको जानकारी आएको छैनः प्रहरी

काठमाण्डु टुडे २०८१ पुष २३ गते ९:११ मा प्रकाशित

काठमाण्डू, २३ पुस- मंगलबार बिहान गएको भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।

तिब्बत केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले देशभरका प्रहरी युनिटलाई क्षतिबारे जानकारी गराउन निर्देशन दिइएको र कतैबाट पनि क्षतिबारे विवरण नआएको बताए ।

उनका अनुसार सूचना संकलनको काम जारी छ । प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरमार्फत देशभरका प्रहरी युनिटलाई बिहानैदेखि तयारी अवस्थामा राखिएको उनको भनाइ थिया

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us