एमालेको केन्द्रीय कमिटी बैठक जारी

काठमाण्डु टुडे २०८१ पुष २२ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, २२ पुस– सत्ता घटक दल एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ । एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको आजको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् ।

आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन् ।

प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बाँकीले आज धारणा राखेपछि निष्कर्ष प्रस्तुत गरिने एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us