भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या, काठमाण्डु डाइभर्ट गरी अवतरण

काठमाण्डु टुडे २०८१ पुष २२ गते १२:१० मा प्रकाशित

काठमाण्डु, २२ पुस– काठमाण्डुको त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि काठमाण्डु डाइभर्ट गरिएको छ ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

त्यसपछि पाइलटले विमानलाई काठमाण्डु डाइभर्ट गरेका थिए । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो ।

विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ ।

यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ । बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो ।

सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ । उक्त विमान काठमाण्डुबाट १०ः ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us