देशभक्त र प्रगतिशील मजबुत बन्दा प्रतिक्रियावादीहरू आतङ्कित: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ पुष २१ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, २१ पुस– नेकपा एकमालेका अध्यक्ष एवं प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत बन्दा प्रतिक्रियावादी शक्तिहरू आतङ्कित बनेको दाबी गरेका छन । आज आइतबारबाट ललितपुरको च्यासलमा एमालेको मुख्यालयमा सुरु भएको कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुटा प्रचारमा लागेको टिप्पणी गरेका छन । ओलीले एमालेको लोकप्रियता घटाउन घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह समेत गरेका छन । ओलीले भने, ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नुहुँदैन ।

चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ ।

लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us