सन्तोष परियारको संयोजकत्वमा रास्वपाले गठन गर्यो संविधान परिमार्जन सुझाव कार्यदल

काठमाण्डु टुडे २०८१ पुष २१ गते १३:२० मा प्रकाशित

काठमाण्डु, २१ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।

रास्वपाले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । हिजो शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

उनले भने, ‘कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने छ ।

’कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् । कार्यदलमा सातै प्रदेशमा गर्ने छलफल गर्ने र त्यसको संयोजन सोही प्रदेशका पार्टी सभापतिले गर्ने रास्वपाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us