धोबीखोलामा कार खस्यो

काठमाण्डु टुडे २०८१ पुष २१ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, २१ पुस– काठमाण्डु महानगरपालिका–१० धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

कार खोलामा उत्तानो परेको छ । कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापतिले जिम गर्न जाँदै गर्दा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् ।

कार दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको नयाँबानेश्वरका डिएसपीले विरेन्द्र गोदारले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us