प्रधानमन्त्री हुँदा गाली त सुन्न परेन, तर भयानक असहयोग भयोः अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ पुष २० गते १७:३१ मा प्रकाशित

काठमाण्डु, २० पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको महसुस भएको बताएका छन ।

आज (शनिबार) नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्र्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । कार्यक्रममा बोल्ने कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको पनि बताए ।

त्यसलाई थप प्रष्ट पार्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तपाईंहरूलाई अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरे भन्नुभयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु ।’ उनले अहिले कर्मचारी र आफूहरू एउटै कित्तामा रहेको पनि बताएका छन ।

उनले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भए पनि अहिले त्यस्तो नभएको गुनासो गरे । उनले भने, ‘मैले रातारात अबरपति–करोडपति बन्ने, त्यो पनि सेटिङबाट बन्ने ।

अलि धेरै ठूला ठूला पुँजीपति, ठूला कर्मचारी र विचौलियाहरूकाबीचमा सेटिङ हुने र सेटिङबाट नियुक्ति हुने । नियक्ति नभए दबाब दिने जुन प्रक्रिया मैले झेलेको छु, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको बीचमा संवाद रोकिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us