परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाण्डु टुडे २०८१ पुष १९ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, १९ पुस– गृहमन्त्री रमेश लेखकले सिमितस्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन ।

आज शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सिमितस्रोत साधनका बिच पनि गम्भीर भएर काम गर्न निर्देशन समेत दिएका छन ।

उनले भने, ‘अहिले चुनौतीका रुपमा देखा परेका तीन वटै विषय एक–अर्कासित सम्बन्धित छन्, त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस।’ गृहमन्त्री लेखकले सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अप्नाउन आग्रह समेत गरे ।

मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाढी बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us