३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १९ गते १४:१७ मा प्रकाशित

काठमाण्डु, १९ पुस– प्रहरीले ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप रुकुम पूर्व एक जनालाई पक्राउ गरेको छ ।

रुकुम पूर्वस्थित भूमे गाउँपालिका–७ घर भएका एक जना युवकलाई बलात्कारमा संलग्न आरोपमा भूमे गाउँपालिका स्थित लाभाङ घर भएका २९ वर्षीय सुर्जे रोका मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

गत पुस १४ मा उनले ती महिलालाई बलात्कार गरेको पीडितको आरोप रहेको प्रहरीले जनाएको छ । साथै घटनाबारे प्रहरीले अनुसन्धान पनि गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us