अहिलेको सरकार कांग्रेसकै बलमा छः कृष्ण सिटौला

काठमाण्डु टुडे २०८१ पुष १८ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, १८ पुस– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार आफ्नो पार्टीको बलामा रहेको बताएका छन । आज बिहिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसकै बलमा सरकारमा रहेको पनि बताएm। कांग्रेसकै सहारामा प्रधानमन्त्री बनेकाले ओली एक्लै अघि बढ्न पनि उनले बताएका छन । उनले भने, ‘आखिर यो सरकार हाम्रो बलमा छ ।

केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ,’ सिटौलाले भने, ‘हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर कल्पना पनि गर्न सक्दैनौँ ।’ अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको सिटौलाको भनाइ थियो । बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने भन्दै उनले सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने पनि बताएका छन ।

उनले भने, ‘एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो । यसलाई हामीले जोगाएर लैजानु पनि छ । बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु पनि भएको छैन, ‘यो सरकार जोगाउनका लागि जोगाउने होइन, यो सरकारले गर्ने नीतिहरूबाट, सरकारले गर्ने व्यवहारबाट राज्य सञ्चालनबाट जनताका बीचमा व्यापक काम गर्न सक्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us