एमालेभित्र करिब-करिब लोकतन्त्र सकियोः माओवादी केन्द्र

काठमाण्डु टुडे २०८१ पुष १८ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, १८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ता घटक दल नेकपा एमालेभित्र करिब करिब लोकतन्त्र समाप्त भएको दाबी गरेको छ ।

आज माओवादी मुख्यालय पोरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठक पछि सञ्चरकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो दाबी गरेका हुन ।

प्रवक्ता सापकोटाले भने, ‘अहिले सरकारको नेतृत्व गरिरहेको पार्टीभित्र लोकतन्त्र करिब करिब समाप्त भयो, ‘कुनै दिन यो देशमा एमाले पार्टीमा छलफल बहस हुन्छ भन्ने बुझेका थिए । आज त्यो समाप्त भयो ।’पछिल्लोपटक एमालेको कारबाहीमा परेका नेता डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको कारबाहीबारे टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

‘कुनै व्यापारीबाट दान लिएर पार्टी बनाउने कुरा गलत छ भनेर बोलेबापत भीम रावललाई त पार्टीबाट निष्कासन नै भयो । विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरिएको छ,’ सापकोटाले भने, ‘वास्तवमा मुख थुनेर शासन गर्ने छ । उहाँहरूको पनि केन्द्रीय समिति बैठक छ, त्यो बैठकअघि नै निलम्बन गरिदिएपछि त उनीहरू केन्द्रीय समितिमा नै बस्न सकेनन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us