काठमाण्डु, १८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संविधान संशोधनलाई कांग्रेस र एमालेले सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ ।
आज (बिहिबार) माओवादीको मुख्यालय पेरिसडाडामा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन ।
उनले संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाएको आरोप लगाएका हुन् । सापकोटाले भने, ‘संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस र एमालेलाई सत्ता चाहिएको छ ।
तर पनि हाम्रो चाहना संविधान संशोधन होइन त्यसलाई कार्यान्वयन गर्नु रहेको छ । यदि साँच्चिकै एक दशक भइसक्यो । अब संविधान संशोधन हुनुपर्छ भन्ने उहाँको चाहना हो भने अब नयाँ शिराबाट सोच्नुपर्छ । यथास्थितिमा संविधान संशोधन हुन सक्दैन ।’
उनले संविधान संशोधन अग्रगमन, परिवर्तन र जनताका अधिकारका लागि अझ विकास र विस्तार गर्नका लागि आवश्यक भएको बताए ।
तर अहिलेको आवश्यकता संविधान संशोधन हो कि संविधानको मर्म अनुसार कार्यान्वयनको आवश्यकता त्यसमा दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।