एमालेको सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८१ पुष १८ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, १८ पुस– सत्ता घटक दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालको सचिवालय बैठक एमाले मुख्यालय च्यासमा केहिबेर अघि मात्रै सुरु भएको एमालेका एक नेताले जानकारी दिएका छन ।

बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डाका बारेमा छलफल ति नेताले जानकारी दिएका छन । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको एमालेले बताएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us