साढु दाइको घरमा पाहुना गएका चौधरी मृत फेला

काठमाण्डु टुडे २०८१ पुष १८ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, १८ पुस– कैलालीमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन । कौलालीको घोडाघोडी नगरपालिका९७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी बिहीबार बिहान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरन्डामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन ।

चौधरी बुधबार राति बुधरामको घर गएका थिए । तर, बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us