सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प

काठमाण्डु टुडे २०८१ पुष १८ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, १८ पुस– आज बिहिबार दिउँसो काठकमाण्डुमा भूकम्पको धक्का महसुस गरीएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

आज सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । उक्त भूकम्पको धक्का काठमाण्डुमा पनि महसुस गरीएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us