बाल गायक सचिन परियारको निधन

काठमाण्डु टुडे २०८१ पुष १८ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, १८ पुस– बालगायक सचिन परियारको निधन भएको छ । काठमाण्डुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहिबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो। उनको निधन भएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रताप शाहीले जानकारी दिएका छन ।

बिहीबार बिहान १० बजे सचिनको निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिएका छन । उनी पुस ६ गते अस्पताल भर्ना भएका थिए। उनी १३ वर्षका थिए।

गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us