काठमाण्डु, १७ पुस– प्रहरीले तनहुँमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन । पाण्डेलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।
निर्मलले ती बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।