काठमाण्डु, १७ पुस– नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको प्रतिक्रिया दिएका छन ।
आज (बुधबार) एकीकृत समाजवादीको मुख्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गौतमले यस्तो प्रतिक्रिया दिएका हुन ।
भीम रावलजी के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गौतमले भनेका छन्, ‘त्यो मलाई थाहा छैन । माधव जी र म एकजुट हुने भइयो नि त ।
माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।’ नेताहरूका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ ।
‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । उनका अनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा गौतमले प्रश्न राखेका थिए ।
‘उक्त विषयमा पनि आज निकैबेर छलफल भयो । लगभग सहमतिको दिशामा गएका छौं,’ खतिवडाले भने ।