काठमाण्डु, १७ पुस– एमाले आफुलाई पार्टीबाट निष्काशन गरेपछि पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई स्पष्टीकरण सोधेका छन् ।
ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका विषयमा प्रश्न उठाउँदै बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनबाटै उनले स्पष्टीकरण सोधेका हुन् ।
ओलीले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी समेत दिएका छन ।