केटाहरूलाई रक्सी खुवाएर मविरुद्ध नाराबाजी गर्न लगाइयोः भीम रावल

काठमाण्डु टुडे २०८१ पुष १७ गते १४:१० मा प्रकाशित

काठमाण्डु, १७ पुस– नेकपा एमालेबाट निष्काशनमा परेका पूर्व गृहमन्त्री समेत रहेका नेता डा. भिम रावलले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद गरेको उनले बताएका छन । पार्टीको महाधिवेशनका क्रममा चितवनमा आफूमाथि भएको कार्यको स्मरण गर्दै बुधबारको पत्रकार सम्मेलनमा नेता राववले ओलीको कडा आलोचना गरेका हुन ।

नेता राववले पार्टीकै केटाहरूलाई लगाएर आफू बसेको होटलमा नाराबाजी गर्न लगाइएको दाबी गरेका छन । उनले भने, ‘म आफ्नै व्यवस्थाले बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो ।’

यस्तै ओलीले महाधिवेशनको बेला चितवनमा वरियतामा तल भएका ४ जनालाई विशेष होटलमा बस्ने व्यवस्था गरेपनि आफूलाई सामान्य एउटा कोठामात्रै उपलब्ध गराएको पनि बताएका छन । नेता रावलले भने, महाधिवेशनमा एकलौटी थियो ।

मलाई सहयोग मात्रै होइन मंसिर ११ गते २०७८ देखि महाधिवेशनको बैठकमा समेत सकभर छिर्न नदिनु भनेर स्वयम् सेवकलाई दिइएको निर्देशन यो जबजको धज्जी उठाउने कुकर्म थियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us