पुरानै जिम्मेवारीसहित मुकुललाई पार्टीमा फर्काउन माग

काठमाण्डु टुडे २०८१ पुष १७ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, १७ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केहि समय अधिमात्रै पार्टीको महामन्त्री पदबाट निष्कासन गरेको मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ ।

पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएको रास्वपा स्रोतले जानकारी दिएको छ । उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन् ‚‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।’

निवेदनमा उनीहरूले पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद भएको भन्दै पार्टीको यो घडीमा सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । निवेदनमा लेखिएको छ‚ ‘त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन् ।

सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु ‘राइट टू रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us