काठमाण्डु, १६ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रहेका रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको स्रोतले जानकारी दिएको छ ।
हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालत स्रोतले जानकारी दिएको छ । लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो । आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन ।
उनले भने, ‘बयान अन्तिम चरणमा पुगेको छ । सम्भवतः आजै थुनछेक बहस सुरु हुनेछ,’ उनले भने । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।