काठमाण्डु, १६ पुस– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको भए पनि नीतिगत नेतृत्व भने कांग्रेसलेनै गरिरहेको बताएका छन ।
आज (मंगलबार) काठमाण्डुमा आयोजित राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन ।
कांग्रेस नेता सिटौलाले भने, ‘प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ, राज्व्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।’
सम्बोधनको क्रममा उनले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताए । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा पार्टीले सरकरालाई डोर्याउनुपर्ने उनले बताए ।