काठमाण्डु, १५ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गर्न वामदेव गौतमले एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा पुगेका छन ।
अहीले उनीहरुबीच भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ । अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए ।
भेटवार्तामा पार्टी एकताबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ । जसका लागि दुवै तर्फका नेताहरू रहेको वार्ता समिति गठन भएको छ ।