काठमाण्डु, १५ पुस– नेकपा एमालेबाट निष्कासन भएपछि नेता डा. भिम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावल निकट स्रोतले जानकारी दिएको छ ।
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरीरहेको उनी निकट स्रोतले जानकारी दिएको छ । नेता रावल निकट स्रोतले भन्यो, ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ ।
उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ, ‘ १७ गते १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।