काठमाण्डु, १५ पुस– प्रहरीले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा एक जनालाई काठमाण्डुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन । उनलाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पाठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।