सिरियाका राष्ट्रपति शासन छाडेर भागे

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते ९:५६ मा प्रकाशित

एजेन्सी– सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमास्क छाडेर भागेका छन् ।
सरकारविरोधी प्रदर्शन उग्र भएका बेला राष्ट्रपति असादले राजधानी छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अरु प्रमुख सहर कब्जा गरेका विद्रोहीहरु राजधानी प्रवेश गरेसँगै उनले दमास्क छाडेका हुन् ।

रोयटर्सका अनुसार असदले राजधानी छाडेको भए पनि उनी कहाँ गए भन्नेबारे स्पष्ट हुन नसकेको जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ का अधिकारीहरुले दमास्कबाट एक निजी विमान उडेको भन्दै त्यसमा राष्ट्रपति असद हुन सक्ने बताएका छन् ।

सञ्चार माध्यमहरुका अनुसार राजधानी दमास्कमा गोलीका आवाजहरु सुनिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us