प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ ।

चीनको राजधानी बेइजिङमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको हो । यसअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच पनि मंगलबार नै भेटवार्ता भएको हो ।

लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलको टोली आइतबार चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us