प्रधानमन्त्रीद्वारा चिनियाँ शहीदको स्मारकमा श्रद्धाञ्जली

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका शहीदहरूको स्मारकमा श्रद्धाञ्जली प्रकट गरेका छन ।

चीनको बेइजिङको तियानमेनस्क्वायरमा रहेको स्मारकमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पहारसहित श्रद्धाञ्जली व्यक्त गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेका थिए । उनले मंगलबार बिहान समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता गरेका छन् ।

सो अवसरमा दुई देशबीच विभिन्न ९ बुँदामा सहमति र समझदारी भएको छ । प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us