काठमाण्डु, १८ मंसिर– दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौर बस्ने १९ वर्षीय सुदिप बुढाथोकी रहेको प्रहरीले जानकारी दिएकको छ ।
दाङको घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा–१ ख १२९१ नम्बरको टिपरले रा–७ प ७४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा बुढाथोकीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरील जानकारी दिएको छ ।