एनपीएलमा बेटिङ खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो ।

सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिएको छ । उनले भने, ‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् ।

आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी छ ।’ एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us