विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– प्रहरीले विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१० घर भएका नीराजन मानन्धर र पाल्पाको पूर्वखोला घर भएका ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेको प्रहरीले जानकारी दिएको छ ।

४४ वर्षका मानन्धरले इजरायल पठाउँछु भनेर २ लाख र झेडीले बोस्निया पठाउँछु भनेर २ लाख रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन ।

उनीहरूलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाइएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us