नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– नेपाल र छिमेकी देश चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले स्रोतले जानकारी दिएको छ । ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us