गढीमाई-८ मा एमालेलाई एकीकृत समाजवादीले हरायो

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १०:०० मा प्रकाशित

काठमाण्डु, १७ मंसिर- रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा समाजवादीले पहिलोपटक खाता खोलेको हो ।

समाजवादीका बजरंगीप्रसाद यादव ६ सय ५५ मतसहित वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यादवका निकटतम प्रतिद्वन्द्वी एमालेकी जिउतीदेवी यादवले ६ सय ३१ मत प्राप्त गरिन् ।

यस्तै नेपाली कांग्रेसका सुवोधकुमार यादवले ६ सय १७ र जसपाका सन्देशप्रसाद यादवले २ सय ५८ मत प्राप्त गरेका छन् । अहिले अध्यक्षमा निर्वाचित यादव त्यतिबेला तेश्रो भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us