उपनिर्वाचन अपडेटः ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– आज आईतबार भएको स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिएकी छन । उनले भनिन्, ‘२५ प्रतिशत मत खस्यो । हालसम्मको मतदान शान्तिपूर्ण छ ।’

यसपटक मेयर, उपमेयर, अध्यक्षरउपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भईरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us