बीआरआईबारे कार्यदलले गर्यो प्रधानमन्त्री ओलीलाई ब्रिफिङ

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते १८:३२ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बीआरआईका विषयमा देखिएको मतभेद सुल्झाउँदै साझा धारणा तय गर्न बनाइएको कार्यदलले गरेको सहमति बारेमा आज (शनिबार) नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ ।

कार्यदलले प्रधामन्त्री ओलीलाई आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटेर ब्रिफिङ गरेको हो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा रहेका छन ।

बीआरआई परियोजना ऋणबाट होइन, अनुदानबाट लिने सहमति कार्यदलले गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । यो कार्यदलले सहकार्यको फ्रेमवर्क भनेर प्रस्ताव तयार गरेको छ ।

उता चीनले कार्यान्वयनको योजना भनेर प्रस्ताव गरेको थियो । कार्यदलले नेपाललाई तत्काल आवश्यक पर्ने परियोजनालाई मात्र यो फ्रेमवर्कभित्र राखेर लागु गर्ने सहमति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us