काठमाण्डु, ५ मंसिर– काठमाण्डुको माइतीघरमा सहकारी पीडितहरू र प्रहरीबीच प्रर्दशनको क्रममा झडप भएको छ ।
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा बुधबार दिउँसो झडप भएको छ । सहकारी पीडितहरू बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको प्रहरीले जानकारी दिएको छ ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। प्रहरीले बल प्रयोग गर्दा केही सहकारीपीडित घाइते समेत भएका छन ।