काठमाण्डु, ५ मंसिर– रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका सात उम्मेदवारमध्ये पाँच जनाले उम्मेदवारले आज बुधबार उम्मेदवारी फिर्ता लिएका छन ।
आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाच लागि यसअघि उम्मेदवारी दिएका चार स्वतन्त्रसहित नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले दिउँसो तीन बजेअघि नै आ–आफ्नो उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्युटर अपरेटर गेहेन्द्र कँवरले जानकारी दिएक छन ।
अब उपाअध्यक्ष पदका लागि त्यहाँ नेपाली कांग्रेसको रूख चिह्नबाट उम्मेदवार बनेकी नेकपा (एमाले) की केशकुमारी तुलाचन र नेकपा (माओवादी केन्द्र) की उम्मेदवार नरपुरा बुढाको बीचमा मात्रै प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
कांग्रेसको रूख चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवारी दिएकी तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन् । उनी एमाले भए पनि सहमतिमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचन लड्न लागेकी हुन् ।
०७९ को स्थानीय तह निर्वाचनमा यहाँ माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन्। उनको गत भदौ २८ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो।