सय दिन पुगेपछि यो सरकारको विरोध सुरु हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको काम भ्रष्टाचारलाई प्रश्रय दिने रहेको बताएका छन् ।

आज (सोमबार) जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले भ्रष्टाचारमा मुद्दा लागेका व्यक्तिबाट जग्गा दान लिएर प्रधानमन्त्री आफैँले पुष्टि गरेको पनि बताएका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैले पुष्टि गरेको स्थिति छ, ‘तैपनि हामीले सरकारलाई सय दिनसम्म हनिमुन पिरियड भनिन्छ । त्यो बेला सम्म हामीले खासै विरोधका कार्यक्रम गरेका थिएनौ छैनौँ ।’

उनले सरकारको सय दिन कट्ने वित्तिकै विरोध गर्ने पनि बताएका छन । प्रचण्डले भने, ‘सय दिन पुगेपछि विरोध सुरु हुन्छ’ । आजै विपक्षीका तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाउने र विरोधका कार्यक्रम सुरु गर्ने प्रचण्डको भनाइ छ ।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले समस्या समाधान र आर्थिक सम्मृद्धिका पक्षमा अन्तर्राष्ट्रिय रूपमा पनि इज्जत बढाउन संयुक्त राष्ट्रसंघदेखि छिमेकी देशसँग महत्त्वपूर्ण सहमति समझदारी गरेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us