काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । अध्यक्ष प्रचण्ड सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन जुम्ला पुगेका हुन् ।
त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी आजै काठमाण्डु फर्कने कार्यतालिका रहेको माओवादी केन्द्र जुम्लाका इञ्चार्ज नरेश भण्डारीले जानकारी दिएका छन ।