रवि लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पोखरको पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन सुरु गरेको हो ।

आज आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन सुरु भएको हो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ । रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रीत भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us